Logo

दिनभर वर्षाको सम्भावना



काठमाडौं, ६ जेठ । देशमा चक्रवात ताउ-ते को प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको गुजरात हुँदै उत्तर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवातका साथै पश्चिम न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

आज विहान देखि नै काठमाडौं उपत्यकाका अलावा पश्चिम र मध्य पहाडी तथा तराईका अधिकांश स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्