Logo

राजेन्द्र महतोलाई विष्णु रिजालले भने : जसलाई चित्त बुझाउन बोलेको भएपनि गलत अभिव्यक्ति फिर्ता लिनुपर्छ



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का नेता विष्णु रिजालले उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन भनेका छन् । उनले जसपाका नेताको रुपमा आफ्ना गलत विचारहरु बोक्न महतो स्वतन्त्र वा बाध्य भएपनि त्यस्ता खोटा विचारहरुको भारी उपप्रधानमन्त्रीका रुपमा सरकारलाई बोकाउन नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो भनाई राखेका हुन् । उनले अघि भनेका छन् नेपाललाई पहाड र मधेस गरी दुई चिरामा बाँड्ने, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएको समथर भूमिलाई एउटै प्रदेश बनाउने र नेपाल पहाडी र मधेसी दुई राष्ट्यिता भएको बहुराष्ट्रिय राज्य हो भनेर भाष्य स्थापित गर्ने घातक प्रयासलाई हामीले ठूलो मूल्य चुकाएर परास्त गरिसकेका छौँ ।

जसपासँग एमालेले सत्ता समीकरण गर्नुको अर्थ उसका गलत, अवास्तविक, बोकाइएका र घातक धारणाहरुसँग सहमत हुनु नभएको पनि रिजालले स्प्ष्ट पारेका छन् ।उनले हौसिएर, झुक्किएर वा जसलाई चित्त बुझाउन भए पनि गलत कुरा सार्वजनिक भएकाले आनाकानी नगरीकन या राजेन्द्र महतोले आफ्नो गलत अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्