Logo

वनमन्त्री नारदमुनी रानाः आरजुलाई चुनाव हराएका नेता



काठमाडौं, २७ जेठ । नारदमुनी राना २०७४ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई कैलाली क्षेत्र नं ५ बाट पराजित गरी चर्चामा आएका थिए ।

कैलालीका राना पञ्चायतकालबाट नै कम्युनिस्ट राजनीतिका सक्रिय भए । उनी २०४९ को स्थानीय चुनावमा वडा सदस्य भएका थिए ।

रानाले कैलालीमा थारु समुदायमाझ बलियो पकड बनाउँदै लगे । जसका कारण उनले राजनीतिमा छलाङ मार्दै गए ।

रानाले महत्वपूर्ण समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका थिए । सुदूरपश्चिममा ओलीको पकड कमजोर भएकाले थारु समुदायको साथ लिन पनि रानालाई मन्त्रीमा लगेको एमालेवृत्तमा चर्चा छ । भीम रावललाई काउन्टर दिन पनि रानाको मन्त्रिमण्डलमा प्रवेश महत्वपूर्ण हुनसक्ने आँकलन ओली पक्षमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्