Logo

उपप्रधानमन्त्री महासेठ र सिंगापुरका विदेशमन्त्रीबीच फोनवार्ता, कोभिडविरुद्धको लडाईमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं, २७ जेठ । उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ र सिंगापुरका विदेशमन्त्री भिभिएन बालाकृष्णनबीच सम्वाद भएको छ । आज (बिहीबार) उपप्रधानमन्त्री महासेठ र सिंगापुरका विदेशमन्त्री बालाकृष्णनबीच भर्चुअल माध्यमबाट सम्वाद भएको हो । परराष्ट्र मन्त्रालयले जनाएअनुसार उनीहरुबचि द्धिपक्षीय सम्बन्ध, कोभिड–१९ रोकथामम र सिंगापुरले प्रदान गरेको आर्थिक सहयोगको विषयमा कुराकानी भएको थियो ।

उपप्रधानमन्त्री महासेठले कोरोना महामारीको दोस्रो लहरका विरुद्ध लड्नको लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकोमा सिंगापुरको विदेश मन्त्रालय, तेमासेक फाउण्डेशन र यसका साझेदार संस्थाहरुलाई धन्यवाद दिएका थिए । मन्त्री बालाकृष्णनले पनि कोरोना महामारीविरुद्ध लड्नको लागि सिंगापुर सधैं नेपालको साथमा रहने प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्