Logo

गण्डकीमा कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने निश्चितप्राय, प्रदेश प्रमुख समक्ष बहुमतको हस्ताक्षर



काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनका लागि बहुमत सांसदको हस्ताक्षर बोकेर विपक्षी गठबन्धन प्रदेश प्रमुख कहाँ पुगेका छन् । आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दिपक मनाङेसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउन पुगेका हुन् ।

बिहिबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग विश्वासको मत लिन असफल भएपछि २४ घन्टाभित्र बहुमतको दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख सीता पौडेलले आव्हान गरेकी हुन् । उनले आव्हान गरेको एक घन्टाभित्रै विपक्षी गठबन्धनले बहुमत तयार गरेका हुन् ।

नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको ११, जसपाको २, राष्ट्रिय जनमोर्चाको २ र स्वतन्त्र सांसद दिपक मनाङेको १ गरी ३१ जनाको हस्ताक्षर बोकेर विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । बहुमत पुगेपछि नेपाली मुख्यमन्त्री बन्ने निश्चितप्रायः भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot