Logo

गणेश लामा रिहा भए, सरकारप्रति पोखे असन्तुष्टि



काठमाडौं, २८ जेठ । राजनीतिक चलखेल गर्न पोखरा आएको भन्दै काँस्की प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेसका युवा नेता गणेश लामा रिहा भएका छन्। उनलाई हिजो साँझ प्रहरीले क्याटवाक रेष्टुरेन्टबाट प्रक्राउ गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले विश्वासको मत लिन लागेको बेला उनी निषेधाज्ञाकै बीच काठमाडौंबाट पोखरा पुगेका थिए । उनको पोखरा आगमनलाई राजनीतिक चलखेलको रुपमा प्रहरीले लिएको थियो ।

लामा स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई कांग्रेस–माओवादी केन्द्र–जसपा–जनमोर्चाको गठबन्धनमा ल्याउनको लागि पोखरा गएको बुझिएको छ । रिहा भएपछि उनले पक्राउ गरिनु गलत भएको भन्दै आपत्ति जनाएका थिए । उनले उक्त कदमलाई अलोकतान्त्रिकको संज्ञा दिएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्