Logo

स्वतन्त्र सांसद मनाङेले साथ दिएपछि पोखरेलले जुटाए बहुमत, प्रदेश प्रमुखसमक्ष दाबी पेश



पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज दाबी पेश गरेका छन् । पोखरेलले ३१ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेरै आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकसहित ३१ सांसदको समर्थन छ । स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेपछि पोखरेलको पक्षमा बहुमत जुटेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्