Logo

मनाङे गण्डकीमा सत्ता ढाल्ने र बनाउने निर्णायक शक्ति



काठमाडौं, २८ जेठ । दिपक मनाङे गण्डकीमा सरकार ढाल्ने र बनाउने शक्ति भएका छन् । उनले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता दुईपटक जोगाए । त्यसवापत् उनी दुईपटक युवा तथा खेलकुदमन्त्री बनाइए ।

विपक्षी गठबन्धनलाई बहुमत पुग्नबाट रोक्न मनाङेले यसअघि दुईपटक भूमिका खेलेका थिए । जसका कारण पृथ्वी सुब्बा गुरुङ्गको सत्ता संकट टरेको थियो ।

तर, यसपटक मनाङे यु टर्न भए । उनले पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन जाँदा अनुपस्थिति जनाए । २७ जेठमा राजीनामा दिए । मतदानमा सम्पर्कविहिन भएपछि मनाङे विपक्षी गठबन्धनमा लागेको चर्चा चलिसकेको थियो ।

आज एकैपटक मनाङे नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीको पक्षमा उभिए । उनी बहुमतको हस्ताक्षर लिएर पुगेका गठबन्धनका ३१ प्रदेश सभा सांसदहरुसँगै पुगे । यसपटक उनले गुरुङ्ग नेतृत्वको सरकार ढालेर नेपाली नेतृत्वको सरकार बनाउन भूमिका खेलिरहेका छन् । यसरी दिपक मनाङे सत्ता ढाल्ने र बनाउने निर्णायक शक्ति बन्न सफल भए ।

कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिएपछि ३१ मत पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्