Logo

मनिपाल कोभिड विशेष अस्पताल असार ३ गते उद्घाटन हुँदै, ई. झा भन्छन्-प्रदेश २ का विरामीलाई अन्यत्र रिफर गर्नु पर्दैन



जनकपुर, २८ जेठ । राष्ट्रीय इंज़िनीयर संघका केंद्रीय अध्यक्ष एवं मुख्यमंत्री स्वच्छता अभियानका प्रमुख सि.डि.ई ई. भगवान झाले प्रदेश नम्बर २ कै सुविधासम्पन्न कोभिड विशेष अस्पताल मनिपालको भौतिक संरचना सुधार कार्य सम्पन्न भएको जनाएका छन् । उनले अस्पतालको आगामी असार ३ गते उद्घाटन गरिने पनि जानकारी दिए । उनले प्रदेश सरकारले जीर्ण र उपयोगविहनी रहेको मनिपाललाई कोभिड विशेष अस्पताल बनाउन साहसिक निर्णय गरेको पनि स्पष्ट पारे ।

विरामीहरुको उपचारका लागि आईसियू र एच.डी.यू बेड तथा स्वास्थ्य उपकरणहरुसमेत अस्पताल हातामा ल्याईसकिएको झाले सुनाए । उनकाअनुसार चिकित्सकहरुको टीमले सल्लाह दिएअनुसार अक्सिजन प्लान्ट र अक्सिजन पाईपलाईन तथा अन्य थप कार्य सम्पन्न गरि कोभिडको तेस्रो लहरसमेतलाई ध्यान दिएर अस्पताललाई थप स्तरोन्नती गर्ने काम अन्तिम चरणमा छ ।

झाले भनेका छन्-” जनशक्ति व्यवस्थापनको कार्य समेत अंतिम चरणमा छ! नया बजेट निर्माण तथा राजनीतिक समिकरण परीवर्तनका कारणले उद्घाटनमा केही ढिलाई भएको हो र यही असाढ़ ३ गते अस्पताल उद्घाटन हुने नियमित कार्यतालिकामा राखिएको हो! पत्रकार वा सामाजिक अभियन्ता अस्पतालको अवलोकन गर्न चाहनु हुन्छ भने स्वागत छ! राम्रोलाई राम्रो भनौ र हौशला बढ़ाऊँ! अब प्रदेश २ का बिरामीलाई अन्यत्र रिफर नगर्ने व्यवस्था प्रदेश सरकारले गर्न गई रहेक़ोले धन्यवाद दियाऊँ!”



प्रतिक्रिया दिनुहोस्