Logo

संक्रमणको दर घट्यो, अब आम रुपमा लकडाउन खुलाउनुपर्छ : डा. पाण्डे (भिडिओसहित)



काठमाडौं, २९ जेठ । डा. रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना संक्रमण दर घट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृत्युदर घटेको र अस्पतालमा विरामीहरुको चापपनि कम भएको सुनाए । उनले अहिले अप्ठ्यारो चाहीँ शहरभन्दापनि गाउँमा संक्रमण बढेको सुनाए । यसको लागि सरकारले परीक्षणको दरलाई बढाउनुपर्नेमा जोड दिए ।

लकडाउन लगाउनुको प्रमुख कारण भनेको नै जनस्वास्थ्यका मापदण्ड सामूहिक पालना गराउनु भएको उल्लेख गरे । विगतमा लकडाउन खोल्नेबित्तिकै ह्वात्तै भीडभाड बढेको सुनाउँदै अहिले पनि चरणवद्ध रुपमा खुलाउनुपर्ने उनको भनाई छ ।

उनले आम रुपमा लकडाउन खोल्नुपर्ने बताए । तर, टोटल्ली लकडाउन खोल्न चाहीँ नहुने उनको सुझाव छ । संक्रमण भएका स्थान हेरेर मात्रै निषेधाज्ञाको निर्णय लिनुपर्ने र संक्रमण नभएको अवस्थामा लकडाउन खोल्नुपर्ने पाण्डेको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्