Logo

गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि विपक्षी गठबन्धनका ३१ सांसदको धर्ना



पोखरा, २९ जेठ ।  नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएका छन् । आज साँझ ३१ सांसद धर्नामा सहभागी भएका हुन् ।

प्रदेश प्रमुखले बहुमतको दाबी गर्न २४ घन्टे समयसीमा तोकेकोमा हिजो नै विपक्षी गठबन्धनका ३१ सांसद सशरीर उपस्थित भएर हस्ताक्षर बुझाएका थिए । तर, आज पृथ्वी सुब्बा गुरुङ्गले नेकपा एमाले, जसपा र राजमोको समर्थन रहेको भन्दै बहुमत दाबी गरेका छन् । राजमोका कृष्ण थापाले संसदीय दलको नेता दाबी गर्दै आफूसहित ३ सांसदको समर्थन दाबी गरी प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।

जसपाको २ सांसदको समर्थन पनि गुरुङ्गलाई रहेको भन्दै महन्थ ठाकुर पक्षीय जसपाले पत्र लेखेको छ । यही पत्रका आधारमा गुरुङ्गले मुख्यमन्त्री दाबी गरेपछि विपक्षी गठबन्धन तत्काल कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन माग गर्दै धर्नामा बसेका हुन् ।



प्रतिक्रिया दिनुहोस्