Logo

मुख्यमन्त्री नेपालीका अलावा मनाङेसहित ४ मन्त्रीले लिए सपथ



काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सपथ लिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसँग सपथ लिएका हुन् ।

आजै नवनियुक्त ४ मन्त्रीले पनि सपथ लिएका छन् । सबैले विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्री नियुक्त भएकामा स्वतन्त्र सांसद दिपक मनाङे पनि छन् । एक महिनाबीच उनी तेस्रोपटक मन्त्री बनेका छन् ।

आज सपथ लिने मन्त्रीहरुमा काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ र जसपाका हरिशरण आचार्य छन् ।



प्रतिक्रिया दिनुहोस्