Logo

असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी



काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले उपत्यकाभित्र केही समय निषेधाज्ञा थप्ने तयारी गरेको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्नेबारे निर्णय लिदैछ । त्यसका लागि उनीहरुको बैठक बसिरहेको छ ।

उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा प्रमुख देखि सम्बन्धित अधिकारीहरुसँग परामर्शपछि निषेधाज्ञा खुकुलो गरी थप्ने निर्णय लिन लागिएको बुझिएको छ ।

१६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा जेठको मसान्तसम्म गरी डेढ महिना लगाइसकिएको छ । यसले जनजीवन निकै प्रभावित भएको छ ।

सरकारले निषेधाज्ञाको मोडालिटी बनाएर विस्तारै खुकुलो बनाउँदै जाने रणनीति बनाएको छ । निजी सवारी साधन जोर बिजोरमा चल्न दिनेबारे समेत प्रस्ताव आएको र यसबारे निर्णय लिइने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्