Logo

योगेशको टिप्पणी : नेताहरुको अहंकारमा कति पृथ्बीसुब्बाहरु पिल्सिनु पर्ने हो ?



काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का नेता योगेश कुमार भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा अझै धेरै पृथ्बीसुब्बा गुरुङहरु पिल्सिनुपरेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट पृथ्बीसुब्बाको बहिर्गमन भएपछि भट्टराईले यस्तो बताएका हुन् । उनले अब सबै प्रदेशमा दलका काम कारवाहीको पूनः संरचना गर्न ढिला नगरौं भनेर नेताहरुलाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्-‘नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? सबै प्रदेशमा दलका काम कार्वाहीको पुन: संरचना गर्न ढिला नगरौ !’



प्रतिक्रिया दिनुहोस्