Logo

माइटी गरुडा च्यारिटेवल ट्रष्टद्वारा खाद्यान्न सहयोग र स्वास्थ्य सामग्री सहयोग



कठमाण्डौं, ३० जेठ। माइटी गरुडा च्यारिटेवल ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ ।


आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल नून लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको हो । त्यस्तै संस्थाले नगरपालीकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालिसेले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु स्वागतयोग्य कदम रहेको भन्दै यसमा नगरको साथ र सहयोग रहेको धारणा राखे ।


त्यस्तै माइटी गरुडा च्यारिटेवल ट्रष्टका संयोजक एवं दलित बिद्यार्थी संघका अध्यक्ष राजु सुनारले निषेधाज्ञाले सर्वसाधारणलाई निकै असर परेको भन्दै समस्या समाधानका लागि सहयोग गरेको बताए ।


संस्थाले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकका लागि ट्रष्टले हेल्प सेन्टर नै सञ्चालन गरेको जनाएको छ । अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहजीकरण गर्ने काम पनि गरिएको ट्रष्टले जानकारी दिएको छ ।कार्यक्रममा बोल्दै अभियानको सल्लाहकार एव बिश्वहिन्दु महासंघका काठमाडौं जिल्ला अध्यक्ष रेखा आर्यलले बिश्वब्यापी रुपले गाजेको यो महामारिको अवस्थामा सहयोगी हातहरुको साथको कारण आहतमा परेका आम जनताको मर्ममा केही हद सम्म आहत दिन सकेकोमा खुशी ब्यक्त गरे।


उक्त राहत बितरण कार्यक्रममा माइटी गरुडा च्यारिटेबल ट्रष्ट्ले संस्थालाई सहयोग गर्ने ब्यत्तीहरुलाइ सम्मान पनि गरेको थियो।



प्रतिक्रिया दिनुहोस्