Logo

झलनाथको सचिवालयले भन्यो-‘उहाँको स्वास्थ्य स्थिति सामान्य छ, केही दिन अझै हस्पिटलमै आराम गर्ने’



काठमाडौं, ३१ जेठ । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको सचिवालयले स्वास्थ्य सामान्य रहेको भएपनि अझै केही दिन आराम गर्नुपर्ने भएकोले केही दिन अस्पतालमै रहने जनाएको छ ।

सचिवालयले सामाजिक सञ्जालमार्फत लेखेको छ-“पूर्व प्रधानमन्त्री झलनाथ ज्यू स्वास्थ्यमा आएको सामान्य समस्याको कारण आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । #निजी_सचिवालय”



प्रतिक्रिया दिनुहोस्