Logo

धरानमा जलाधारको जग्गाको विषयमा कुटाकुट (भिडियोसहित)



धरान, ३१ जेठ । धरानमा सर्दु जलाधारको विषयलाई लिएर भिडन्त भएको छ । सर्दु जलाधार संरक्षण क्षेत्रमा डोजर लगाउन खोज्दा स्थानीय र धरान उपमहानगरपालिकाको प्रतिनिधिसँग निकटहरुबीच कुटाकुट भएको हो ।

सर्दु जलाधार बचाउ अभियानका स्थानीयले विरोध गरेपछि भिडन्त भएको हो । त्यस क्रममा केही व्यक्ति घाइते भएका छन् ।

सर्दु जलाधार संरक्षणको विषय स्थानीय चुनावको एजेन्डा समेत बनेको थियो । जग्गाधनी भनिएकाले १२ बिघा १० कट्ठा जग्गा उपभोग गर्ने र बाँकी राजमार्ग दक्षिणको २८ बिघा ३ कट्ठा जल्ला जलाधारका नाममा लगतकट्टा गर्ने उल्लेख छ । यसबारे अझै विवाद छ ।

भिडियोका लागि यो लिंकमा थिच्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्