Logo

झलनाथ खनाललाई भएको के हो



काठमाडौं, १ असार । कोभिड १९ लाई जितेर तंग्रिदै गएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल फेरि स्वास्थ्यमा गडबडी भएपछि अस्पतालमा छन् । नर्भिक अस्पतालमा उपचाररत खनाल पछिल्लो समय स्वास्थ्यमा समस्याका कारण खासै सक्रिय पनि छैनन् ।

एकातर्फ एमाले औपचारिक रुपमा फुट्न मात्र बाँकी भएपछि खनाल चिन्तामा छन् । अर्कातर्फ, उनलाई आफ्नै स्वास्थ्यमा समस्या बढेर पिरोलेको छ ।

सालिन र आकर्षक जीउडालका नेता खनाललाई के भएको हो ? चासो बढेको छ । उनी केही समयअघि भारतको नयाँ दिल्लीमा उपचारका लागि पनि पुगेका थिए ।

दिल्लीमा उनले चेकजाँच पनि गरेको बुझिएको छ । चीनमा उपचारका लागि जाने खनालले तयारी गरेपनि कोरोना भाइरसको पहिलो लहरका कारण दिल्ली पुगेका थिए ।

अहिले खनालमा फोक्सोको समस्या रहेको छ । कोरोना भाइरसको संक्रमणपछि उनमा फेरि समस्या देखिएको छ । स्वासप्रश्वासमा पनि समस्या रहेको छ ।

स्वास्थ्य अवस्था हेरेर खनाललाई विदेशमा उपचारका लागि लानेबारे पनि परामर्श भइरहेको बुझिएको छ । भारतमा बेला बेलामा चेकजाँचका लागि गइरहने उनलाई त्यतै लगिने सम्भावना पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्