Logo

सेनाको हेलिकोप्टरद्वारा घरको छतमा रहेकाको यसरी भयो उद्धार (भिडियोसहित)



काठमाडौं, २ असार । मेलम्चीमा बाढीले बितण्डा मच्चायो । नदी उर्लिएर आयो । बजार नै बगाउला जस्तो भयो । एक्कासी नदी उर्लिएपछि घरहरु नै डुबानमा पर्न थाले ।

केही घरलाई नै छोप्ला जसरी नदी आयो । माटोको लेदोले भरिएको नदी उर्लिएपछि केही घरका छतमा मानिसहरु पुगे । उनीहरुले उद्धारका लागि हात दिन थाले ।

उद्धारका लागि सेनाको हेलिकोप्टर आयो । हेलिकोप्टरले घर र होटलका छतमा रहेका केही व्यक्तिहरुको उद्धार गर्यो ।

हिजो मेलम्चीमा भएको घटनाले स्थानीयवासी त्रसित भएका छन् । पुलहरु बगाएका छन् । जिल्लामा अहिलेसम्म ७ जनाको शव फेला परेको छ ।



प्रतिक्रिया दिनुहोस्