Logo

स्वास्थ्य अवस्था बुझ्न गएका पोखरेललाई झलनाथले भने–पार्टी मिलाउनुहोस कमरेड



काठमाडौं, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नर्भिक अस्पतालमा उपचार गराईरहेका झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकार लिएका छन् । पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले पोखरेलले नेता खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् ।भेटवार्ताको क्रममा नेता खनालले पार्टी मिलाउनको लागि पोखरेललाई आग्रह गरेको पनि बताईएको छ ।

पाण्डेले लेखेका छन्–नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटी उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभयो । भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड !’ भनेर आग्रह गर्नुभयो । शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’ भन्नुभयो ।’

 



प्रतिक्रिया दिनुहोस्