Logo

सफल उपचारपछि फर्कने विश्वासका साथ झलनाथ खनालले भनेः फुट विनासको बाटो (वक्तव्यसहित)



काठमाडौं, २ असार । पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपचारका लागि नयाँ दिल्ली प्रस्थान गर्नुअघि वक्तव्यमार्फत् आफू स्वदेश फर्किएर जनतामाझ हुने विश्वास व्यक्त गरेका छन् । उनले आफू उपचारका लागि केही दिन देश बाहिर जान लागेको समेत उल्लेख गरेका छन् ।

खनालले राजनैतिक दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएकोमा आफू चिन्तित भएको समेत बताएका छन् । उनले एकजुट भई मुलुकका मुलभुत समस्याहरु हल गर्न समेत आग्रह गरेका छन् ।

खनालले एमाले एकताका लागि पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टी फुटबाट जोगाउन तथा एकतावद्ध पार्न आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्