Logo

आँप खानुभन्दा पहिला यि कुरामा ध्यान दिनुहोस्



एजेन्सी, २ असार । आँपलाई फलफुलको राजा भनिन्छ । आँप मन नपराउने विरलै होलान् । बुढादेखि बच्चा सबैलाइै यो फल मन पर्छ । तर फल चाँडो बढाउने चक्करमा खतरानाक रसायन हाल्ने हुनाले निरोगी व्यक्ति पनि बिरामी हुन्छन् ।

बजारमा बिक्रिमा राखिएका आँप जति धेरै पहेला हुन्छन् । ती आँपमा त्यत्ति नै धेरै आर्सेनिक र फस्फोरस हुन्छ । जसले हाम्रो शरीरमा क्यान्सर उत्पादन गराउछ । विशेषज्ञको अनुसार यस समय बजारमा बिक्रि भईरहेको फल हाँगासँगै भाँचिएका आँप हुन् । जसलाई प्लास्टिकमा राखेर पकाइएको हुन्छ । आँप पकाउनलाई क्याल्सियम कार्बाइडको प्रयोग गरिएको हुन्छ ।

आँप पकाउन प्रयोग गरिने क्याल्सियम कार्बाइडबाट फस्फोरस र आर्सेनिक बन्छन् । जसले किड्नी, मुटु र कलेजोलाई हानी पु¥याउँछ। क्याल्शियम कार्बाइड दिमाग र फोक्सोको लागि पनि खतरनाक छ। यसले पेटको संक्रमण पनि निम्त्याउन सक्छ। यो मात्र होईन, यदि रोग गम्भीर हुँदै गएमा क्यान्सरको रूप लिन सक्छ। तपाईंले फलको राजा नजिक हुन चाहेमा ं यसलाई पकाउने विधिमा पनि ध्यान दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्