Logo

‘खोला केही समय थुनिएर मेलम्चीमा एक्कासी बाढी गएको हुनसक्ने’ (भिडियोसहित)



काठमाडौं, २ असार । मेलम्चीमा कसरी भीषण बाढी गएर बजार नै डुबानमा पर्यो भन्नेबारे अध्ययन भएको छ । बाढी सूचना केन्द्रले खोला थुनिन जाँदा एक्कासी फुटेर बाढी गएको हुनसक्ने आँकलन गरेको छ ।

१ असारमा सिन्धुपाल्चोकस्थित मेलम्ची नाकोटे जलमापन केन्द्रमा करिब ६ बजेबाट जलसतह एक्कासी ४.७ मिटरबाट घटेर ३ मिटर पुगेको र पौने ७ बजे देखि अकस्मात् जलसतह बढ्न गई ७ बजे ६ मिटर मापन भएको नेपाल बाढी सूचनाले जानकारी दिएको छ । त्यसपछि स्वचालित जलसतह मापन उपकरणबाट तथ्यांक सम्प्रेषण हुन नसकेको उल्लेख छ ।

खोला केही समय थुनिन गई फेरि फुट्दा एक्कासी बाढी गएको हुनसक्ने बाढी सूचनाको आँकलन छ ।

हिजो राति मेलम्चीमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो । सेनाको हेलिकोप्टरले आज पनि उद्धार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्