Logo

आज यी स्थानमा खतरा, सतर्कता अपनाउन आग्रह



काठमाडौं, ४ असार । आज देशभर आंसिक देखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागको अनुसार हाल आज बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भुभाग भई बहने साना नदीमा बहाव बढ्दो हुने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पुर्वानुमान रहेकोले साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाको अनुसार आज कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्छ ।

आज प्रदेश १ को इलाम, झापा, मोर«ङ, सुनसरी, धनकुटा, भोजपुर, प्रदेश २ को सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, बाग्मतीको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, धादिङ, चितवन, गण्डकीको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनुहुँ, स्याङ्ग्जा लगायतका स्थानमा वर्षा हुने भएकोले आसपासमा बहने नदीजलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने भन्दै पुर्वानुमान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्