Logo

संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त



काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले लोकसेवा आयोगमा माधवप्रसाद रेग्मीलाई अध्यक्ष र अन्य चार जनालाई सदस्यहरुमा माधव बेलबासे, वीरबहादुर राई, दिनेश सिलवाल र मन्जु कुमारीलाई नियुक्त गरेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् ।

निर्वाचन आयोगमा सगुनशमशेर जंगबहादुर राणा आयुक्त नियुक्त भएका छन् भने राष्ट्रिय समावेशी आयोगमा रामकृष्ण तिमल्सेना अध्यक्ष भएका छन् । समावेश आयोगमा दुई जना सदस्य पुुष्पराज तिमिल्सेना र मानबहादुर खत्री नियुक्त भएका छन् ।

उनीहरुलाई गत २६ वैशाखमा बसेको संबैधानिक परिषद्को बैठकले नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानमन्त्री ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्रशमशेर राणा उपस्थित परिषदको बैठकले सिफारिस गरेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्