Logo

रुपाको न्यायका लागि मकवानपुरमा आज र भोलि विरोध प्रदर्शन



वाग्मती, १५ असार: काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएको भन्दै मकवानपुरमा दलित अधिकारवादी सङ्घसंस्थाले रुपाको न्यायका लागि दबाब सिर्जना गर्ने भएका छन् । रुपाको न्यायका लागि मकवानपुरमा आज र भोलि बुधबार विरोध कार्यक्रम हुने भएको छ । जिल्लामा असार २१ गतेसम्म निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामै विरोधका कार्यक्रम गर्ने दलित अधिकारकर्मी सुधन विश्वकर्माले बताए । सुनारले न्याय नपाएसम्म विरोध कार्यक्रम जारी रहने उनले बताए ।

मकवानपुरमा क्रियाशील १० दलित अधिकारवादी सङ्घसंस्थाले रुपा सुनारको कोठाभाडा विषयमा उचित छानबिन गरी न्याय प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेमार्फत जिल्लाका १० वटा दलित अधिकारवादी सङ्घसंस्थाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराएका हुन् ।-रासस



प्रतिक्रिया दिनुहोस्