Logo

केपी ओलीले एमाले बालुवाटारबाट विभाजन गर्नुभयो, यो तथ्य र प्रमाण हो : युवराज ज्ञवाली (भिडिओसहित)



काठमाडौं, १८ असार । नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अहिले एमालेलाई कसरी विभाजन गर्न सकिन्छ ? भनेर लागिपरेको गम्भीर आरोप लगाएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘फागुन २८ गते कमरेड केपी ओलीले नेकपा एमालेलाई बालुवाटारबाट विभाजन गर्नुभयो । हामीलाई बैठकमा बोलाउनुभएन । नेकपा एमाले विभाजन कमरेड ओलीले गर्नुभयो । यो तथ्य, यो प्रमाण हो । यहाँभन्दा धेरै तथ्य के चाहियो ?’ उनले केपी ओली २०७५ जेठ २ गते नफर्किएको पनि टिप्पणी गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्