Logo

ओलीको बामदेवप्रति आशंका, एकता गराउने जिम्मा नदिने



काठमाडौं, १९ असार । नेकपा एमालेका उपाध्यक्ष शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भावुक रुपमा प्रस्तुत भए । उनी उत्साही पनि थिए । सिधै एकताको जिम्मा दिन अध्यक्ष केपी शर्मा ओलीलाई भने । एमाले एकता मात्र नभई वामपन्थी एकता समेत गर्ने भन्दै जिम्मा दिन भने ।

गौतमले एकता अभियान अझै जारी राखेका छन् । उनले एकताकै लागि पार्टी बैठकमा सहभागी भएको सुनाए । उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि सम्पर्क गरी बैठकमा जान मनाउन खोजेका थिए । तर, नेपाल तयार भएनन् ।

ओली गौतमको भनाईबाट प्रभावित भने नभएको बुझिएको छ । उनले गौतमप्रति आशंका राखेका छन् । आफूलाई अप्ठ्यारो अवस्थामा साथ नदिएको र माधव नेपालसँग नजिकिएको भन्दै असन्तुष्ट छन् । माओवादी अध्यक्ष प्रचण्डसँग पनि गौतमको निकटता छ । त्यसले पनि ओलीले आशंका राखेका हुन् ।

गौतमले एकताका लागि आफूलाई जिम्मा दिन ओलीसँग भनेपनि नपाउने भएका छन् । ओलीले आफ्ना विश्वासपात्रहरुलाई नै त्यसका लागि खटाएका छन् । विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलप्रति ओली बढी विश्वस्त छन् । उनीहरुले नै माधव नेपाल र उनी खेमाकासँग वार्तामा खटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्