Logo

ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सम्पन्न, वार्तामा सकारात्मक भएको नेताहरुको दाबी



काठमाडौं, २३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । नक्साल नागपोखरीस्थित् मेरियट होटलमा ओली र नेपालबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा ओलीको तर्फबाट महासचिव ईश्वर पोखरेल र उपमहासचिव बिष्णु प्रसाद पौडेल पनि सहभागी थिए । र, नेपाल पक्षबाट भने उपाध्यक्ष डा. भीम बहादुर रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी थिए ।

यद्धपी ओली र नेपालबीच एक्लाएक्लै वार्ता चल्दा यी चार नेता भने छुट्टै छलफलमा सरिक भएका थिए । आजको भेटवार्ता सकारात्मक भएको र भोलि कार्यदलको बैठकले बाकी रहेका विवादहरु समाधान गर्ने सहमति भएको नेताहरुको भनाई छ । तस्विर : राजन काफ्ले



प्रतिक्रिया दिनुहोस्