Logo

प्रचण्ड र माधव नेपालपछि बाबुरामलाई भेटे विप्लवले, के-के कुराकानी भयो ?



काठमाडौं, १ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । पछिल्लो समय विप्लवले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र हिजो बिहीबार नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका विप्लवले आज टोखास्थित् नेता डा. भट्टराईको निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

भट्टराईका सहयोगी विश्वदिप पाण्डेले विप्लव र भट्टराईबीचको भेटवार्तालाई राजनीतिक अन्तरंग भेट्घाटको संज्ञा दिएका छन् । उनले जनयुद्धकालिन पूरानो तस्विरसमेत सार्वजनिक गरेका छन् । जहाँ विप्लव कम्ब्याट ड्रेसमा छन् ।

विप्लवले प्रचण्ड र नेता नेपालसँगको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल गर्नुको साथै यसअघि केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि जोड दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्