Logo

प्रधानमन्त्री देउवाले खोप केन्द्रहरु बढाउन निर्देशन दिए



काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरु बढाउन निर्देशन दिएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर उनले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।

देउवाको ट्विटर ह्याण्डलमा भनिएको छ,‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार #खोप_केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।”

पछिल्लो समय कोभिडविरुद्धको खोप लगाउने लाईन अत्यधिक धेरै भएपछि खोप लगाउने ठाउँबाटै कोरोना संक्रमणको जोखिम भएको समाचार आएपछि प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्