Logo

संसद् भवनमा प्रचण्डसँग राजेन्द्र महतोको जम्काभेट



काठमाडौं, १ साउन । आउने आइतबार अर्थात साउन ३ गते संघीय संसद्को बैठक बस्दैछ । बैठक बस्नुअघि सांसदहरुको एन्टिेन टेष्ट गरिएको छ । टेष्टको लागि सांसदहरु आज संसद् भवन पुगेका थिए । परीक्षण गर्नुपुर्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग जनता समाजवादी पार्टीका नेताहरु राजेन्द्र महतो र अनिल झाबीच भलाकुसारी भएको छ ।

महतो र झा यतिवेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा उभिएका छन् । उनीहरु केही पहिले तत्कालिन ओली नेतृत्वको सरकारमा समेत सहभागी भएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनीहरुजिम्मेवारीबाट मुक्त भएका थिए ।

अहिले माओवादी केन्द्र र कांग्रेसको सरकार बनेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधामन्त्री बनेका छन् । देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको साथ र समर्थन । प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिमण्डल पनि विस्तार गर्दैछन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्