Logo

माधव नेपाल पक्षले ६ वटा मन्त्रालय पाउने गोकुल बाँस्कोटाको खुलासा, एकताको लागि भीमसेन गुहारे



काठमाडौं, २ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारको पूर्णता नभई एमालेको विवादको अन्तिम पटाक्षेप नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले एकताको लागि बल देउ भन्दै भीमसेन गुहारेका छन । त्यस्तै, उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीका माधव नेपाल समूहपनि सहभागी हुने संकेत गरेका छन् ।

उनले नेपाल समूहलाई कांग्रेसकै प्रमुख भाइको संज्ञा दिएका छन् । उनले अघि भनेका छन्-‘ट्वीटर ह्याण्डीलको नौटंकीपुर्ण हल्ला सकियो होला कि नाइं ? तर परमादेश प्रमको गठबन्धन ह्यण्डील चै कांग्रेस ९+प्रमुख भाई कांग्रेस ६+कम्फरटेवल कम्युनिष्ट ५+जसपा बाह्र भाई ५ हुने सम्झौता भयो भन्ने छ।परमादेश सरकारको पुर्णता नभै एमाले बिवादको अन्तिम पटाक्षेप नहुने।बल देऊ भिमसेन -एकता!!” file photo



प्रतिक्रिया दिनुहोस्