Logo

सांसद पदबाट राजीनामा दिएका रावलको कमल थापाले गरे उच्च प्रशंसा



काठमाडौं, ३ साउन । राप्रपाका अध्यक्ष कमल थापाले एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएको विषयमा टिप्पणी गर्दै रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् । रावलले राजीनामा दिएलगत्तै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्-“विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179  ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ।राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना ।” file photo



प्रतिक्रिया दिनुहोस्