Logo

मतदान हुनुअघि नै माधव नेपाल पक्षधर एक दर्जन सांसदहरु संसद् भवनबाट बाहिरिए 



काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रस्तावमाथि केही बेरमा मतदान हुँदैछ । तर, एमालेका माधव नेपाल पक्षधर सांसदहरु भने संसद् भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री देउवालाई जसपाले एकमतले विश्वासको मत दिने निर्णय गरेपछि नेपाल पक्षधर २३ जना सांसदहरु संसद् भवनबाट बाहिरिएका हुन् ।

यसरी बाहिरिने सांसदहरुमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, घनश्याम भुषाल, योगेश भट्टराई, दिपकप्रकाश भट्ट, झपट रावललगायत छन् । आजै संसद् बैठक सुरु भैरहेको समयमा भीम रावलले सांसदबाट राजीनामा दिएका छन् । तर, माधव नेपालसहित उनी पक्षधर केही सांसद भने विश्वासको मत दिने भन्दै बैठकस्थलमै छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot