Logo

एकताका लागि धैर्यता नगुमाऔं : विष्ट



काठमाडौं, ४ साउन । नेकपा (एमाले) का नेता तथा सांसद गोकर्ण विष्टले आफुहरुले पार्टीलाई एकताबद्ध बनाउन निरन्तर प्रयत्न गरिरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,”हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ । यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ ।”

हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए । तर, नेपाल पक्षका गोकर्ण विष्टसहित १० जना सांसदले भने कतैपनि भोट हालेका थिएनन । उनीहरु मतदान भन्दा केहीबेर अघि मात्रै संसद् भवनबाट बाहिरिएका थिए । file photo

 



प्रतिक्रिया दिनुहोस्