Logo

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. पोखरेल नियुक्त



काठमाडौं, ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन्। आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सचिव नियुक्तका लागि आज बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस्