Logo

कक्षा १२ को परीक्षा एक सय पूर्णाङ्ककै



काठमाडौं साउन ५ । साउन मसान्तबाट सुरु गर्ने तयारी भईरहेको कक्षा १२ को परिक्षा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्ककै गर्ने तयारी गरिरहेको छ । गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीसित जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो ।

बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा पुगिएको हो ।

कोरोना सङ्क्रमण अझै कायमै रहेको अवस्थामा विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिने तयारी भईरहेको हो । परीक्षामा ‘होमसेन्टर’ कायम गर्ने या नगर्ने, परीक्षा केन्द्र थपलगायतको परीक्षाको नीतिगत विषयमा भने आफूहरू छिटै टुङ्गोमा लाग्ने स्रोतले जनाएको छ ।

एक विद्यार्थीको अर्को विद्यालयमा परीक्षा लिन जान अझै सम्भव नदेखिएकाले होम सेन्टर हुन सक्ने सम्भावना बढी देखिएको छ ।कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो ।

यसअघि सीसीएमसीले त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र द्वितीय वर्षको परीक्षा सञ्चालनका लागिसमेत अनुमति दिएको थियो । सोअनुसार यसै साताबाट विश्वविद्यालय परीक्षा सुरु गर्दै छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot