Logo

गत आवमा निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी



काठमाडौं, साउन ६। कोभिडको दोस्रो लहरले आर्थिक वर्ष २०७७र७८ मा अधिकांश व्यवसाय प्रभावित भए पनि वाणिज्य बैंकहरूको व्यवसाय भने उत्साहजनक नै देखिन्छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले गत आवमा निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी गरेका छन् ।

बैंकहरूले वार्षिक सात खर्ब ११ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने आठ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँको कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्ममा कुल निक्षेप संकलन ४२ खर्ब एक अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

यसअवधिमा सबैभन्दा बढी कर्जा र निक्षेपको व्यवसाय गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले ८९ अर्ब ४१ करोड थप निक्षेप संकलन गरेर कुल ३ खर्ब २५ करोड पुर्‍याएको छ । ९१ अर्ब १० करोड रुपैयाँ थप बढाएर कर्जा प्रवाह दुई खर्ब ६४ करोड पु¥याएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्