Logo

काठमाडौंमा पनि बढ्यो कोरोना संक्रमितको संख्या



काठमाडौँ, ११ साउन । आज देशभर ३४ सय २१ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ९ सय ९९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । हिजो ६ सय ३४ जना संक्रमित थपिएका थिए ।

२४ घन्टामा काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट आज थप २५ जनाको मृत्युसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।
आज २४ घन्टामा कोरोना भाइरसका ३ हजार ४ सय २१ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ८२ हजार ९ सय ४७ पुगेको छ ।

त्यस्तै, आज १ हजार ६ जना ८२ संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४५ हजार ३ सय १ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १७ हजार २७२ जनालाई कोरोना परीक्षण गर्दा २३९१ जना पिसीआर र १०३० जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्