Logo

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, १२ साउन । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री बनेको दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै पार्टीभित्रैबाट चासो र चिन्ता बढेपछि प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तार गर्न आँतुर छन् । उनले यसबारेमा दाहालसँग यसअघि पनि छलफल गरिसकेका छन् ।

गठबन्धनमा आवद्ध दलहरुसँग पनि देउवाले परामर्श गरिरहेका छन् । हिजोबाट जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताको पनि टुँगो लागेकोले प्रधानमन्त्री देउवा र दाहालबीच आज मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । file photo



प्रतिक्रिया दिनुहोस्