Logo

आज ३८ सय ९९ जनामा संक्रमण पुष्टि, २० को मृत्यु



काठमाडौं, १२ साउन । नेपालमा कोरोना संक्रमणदर फेरी बढ्न थालेको छ । आज २४ घन्टामा कोरोना भाइरसका ३ हजार ८सय ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८५ हजार ६ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १७ सय ७८ संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । २४ घन्टामा १७ हजार ५१८ जनालाई कोरोना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । त्यसैगरि कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्