Logo

नेपालमा कोरोनाको तेस्रो लहरको खतरा, बालबालिकालाई समेत संक्रमित पार्नसक्ने प्रजाति पुष्टि



काठमाडौं, १२ साउन । बालबालिकालगायत सबै उमेर समूहलाई संक्रमित पार्न सक्ने कोरोना भाइरसको प्रजाति नेपालमा देखापरेको छ । आज स्वास्थ्य मन्त्रालयले बढी संक्रामक तथा सबै उमेर समूहकालाई असर पार्न सक्ने प्रजाति भेटिएको भन्दै सचेत हुन भनेको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्तिमार्फत् डेल्टा भेरियन्ट, कप्पा भेरियन्ट र अल्फा भेरियन्ट गरी तीनवटा प्रजातिका कोरोना भाइरस भेटिएको उल्लेख गरेका छन् । संक्रमणको जोखिम बढिरहेको भन्दै सम्भावित तेस्रो लहरको खतरा औल्याएका छन् ।

स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न अनुरोध समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्