Logo

नेपालमा संक्रमणदर र मृत्युदर दुवै बढ्यो, आज ३३ जनाको मृत्यु



काठमाडौं, १३ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कोरोना भाइरसबाट १९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार आज १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षणमा गरिएको हो । २४ घन्टामा नेपालमा ३३ जना संक्रमितको निधन भएसँगै कुल मृतकको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।  हिजो (मंगलबार) देशभर ३८९९ जनामा संक्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्