Logo

आज काठमाडौंमा ८ सय बढी संक्रमित थप



काठमाडौँ, १३ साउन । आज देशभर ३८ सय ४० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ संक्रमित थपिएका हुन् । नेपालमा कोरोना भाइरसबाट १९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज कोरोना भाइरसका ३ हजार ८ सय ४० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ८९ हजार ५ सय १३ पुगेको छ ।

मन्त्रालयको अनुसार आज १५ हजार ८ सय ८ जनाको कोरोना परीक्षणमा गरिएको हो । २४ घन्टामा नेपालमा ३३ जना संक्रमितको निधन भएसँगै कुल मृतकको संख्या ९ हजार ७ सय ९१ पुगेको छ । हिजो (मंगलबार) देशभर ३८९९ जनामा संक्रमित थपिएका थिए भने २० जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्