Logo

आज १३ सय निको, ३३ सय संक्रमित थप



काठमाडौं, १४ साउन । नेपालमा आज कोरोना भाइरसका ३ हजार ३ सय ६५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५० हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १४ हजार २ सय ४२ जनाको कोरोना परीक्षण गर्दा २३५५ पिसीआर र १०३० एन्टिेजेन बिधिबाट संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्