Logo

आज १६ जना संक्रमितको मृत्यु



काठमाडौं, १४ साउन । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका आज ३ हजार ३ सय ६५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ ।

आज १३ सय ७३ जना संक्रमणमुक्त भएसँगै हालसम्म ६ लाख ५० हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १४ हजार २ सय ४२ जनाको कोरोना परीक्षण गर्दा २३५५ पिसीआर र १०३० एन्टिेजेन बिधिबाट संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्