Logo

२४ घन्टामा काठमाडौंमा थपिए ८ सय ६० संक्रमित



काठमाडौँ, १४ साउन । आज देशभर ३३ सय ६५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ८ सय ६० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ५९७ , ललितपुरमा १५५ र भक्तपुरमा १०८ संक्रमित थपिएका हुन् । कोरोना भाइरसका आज ३ हजार ३ सय ६५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगेको छ ।

आज १३ सय ७३ जना संक्रमणमुक्त भएसँगै हालसम्म ६ लाख ५० हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १४ हजार २ सय ४२ जनाको कोरोना परीक्षण गर्दा २३५५ पिसीआर र १०३० एन्टिेजेन बिधिबाट संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्