Logo

नेपालमा आज निको हुने भन्दा संक्रमित दोब्बर



काठमाडौं, १५ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार ६ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अनुसार आज १४ हजार १६४ जनाको परीक्षणबाट २४६७ जना पिसीआर र ११ सय ४४ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप २७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्