Logo

घटेन कोरोना मृत्युदर, आज २७ संक्रमितको मृत्यु



काठमाडौं, १५ साउन । कोरोना संक्रमणबाट आज थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ हजार ६ सय ११ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९३ हजार १ सय ९ छ ।

आज १ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १४ हजार १६४ जनाको परीक्षणबाट २४६७ जना पिसीआर र ११ सय ४४ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्